जान्नुहोस् दीपिकाको पहिलो हलिउड फिल्मको ट्रेलर कस्तो छ !



xxx-trailer

बलीउडका इरफान खान, ओम पूरी, नसीरुद्दीन शाह, ऐश्वर्या राय बच्चन, मल्लिका शेरावत, अमिताभ बच्चन, अनिल कपूर, फ्रीडा पिंटो र प्रियंका चोपडा पछि दीपिका पादुकोण समेत हलीउडमा प्रवेश गरिसकेकी छिन् ।

उनको पहिलो हलीवुड फिल्म ‘XXX: रिटर्न अफ जेन्डर केज’ आगामी बर्ष जनवरीमा रिलीज हुँदैछ । यहाँ प्रस्तुत छ आजतकले गरेको उक्त चलचित्रको ट्रेलर समिक्षा:

एक्शन प्याक्ड:
फिल्मको ट्रेलर ६० सेकेन्डको छ जसमा पहिलो दृश्य देखी लिएर अन्तिमसम्म एक्शन देखाईएको छ । पहिलो दृश्यमा सेरेना (दीपिका पादुकोण) दुई खुट्टाले १८० डिग्रीको एंगलमा ‘स्प्लिट’ गरिरहेकी देखिन्छिन् त्यसपछि जब उनको भेट विन डीजलसँग हुन्छ दीपिका फास्ट एक्शनमा देखिन्छिन् ।

प्राकृतिक:
फिल्मको ट्रेलरमा दीपिकाको शारिरीक हाउभाउ तथा बोल्ने तरीका नेचुरल लाग्छ । कुनै पनि तरहले यो उनको हलीउडको पहिलो फिल्म जस्तो लाग्दैन । ट्रेलरमा दीपिकाका केहि संवादहरु जस्तै: ‘I Like The Odds ‘ सरल तर प्रभावशाली लाग्छन् ।

दीपिका र विन डीजल:
‘XXX’ र ‘फास्ट एण्ड फ्यूरियस’ जस्ता फिल्मका सीरीजमा काम गरिसकेका हलीवुड स्टार विन डीजलको साथ दीपिका पादुकोण ट्रेलरको हरेक फ्रेममा जाँचिएकी छिन्, चाहे त्यो एक्शन दृश्य होस् या ड्रामा ।

यो एक मिनेटको ट्रेलर नेपाल तथा भारतका दर्शक लक्षित गरि काटिएको छ, जसमा दीपिका पादुकोण धेरै दृश्यमा छिन् । फिल्ममा विन डीजल, दीपिका पादुकोणको अलावा टोनी कलेट, टोनी जा, दोनी येन, नीना डोबरेव र रूबी रोज जस्ता कलाकार पनि छन् ।

यो फिल्मलाई ‘इनसाइड’ र ईगल आई’ जस्ता फिल्मका निर्देशक डी जे कारुसोले निर्देशन गरेका हुन् ।

ट्रेलर:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu