‘नायकसँग सेक्स सम्बन्ध राखेकी छैन’



sonam-kapoor-and-costar

ताजाखबर। हालै मात्र बलीउड नायिका सोनम कपूरले आफ्नो भाइलाई कन्डम प्रयोग गर्न सुझाव दिएर चर्चामा आएकी थिइन् । साथै उनले बाहुबलीमा आफुलाई आएको अफरबारे कुरा गर्दा पनि चर्चामा थिइन् ।

जहाँ उनले बाहुबलीको कुरा गरिन् त्यहि शोमा सोनमले अर्को नयाँ कुरा खुलासा गरेकी छिन् । नायिका नेहा धुपियाको नयाँ शो ‘नो फिल्टर नेहा’मा पुगेकी सोनमले आफू अहिले सिंगल रहेको र कुनै पनि पुरुषसँग डेट नगरेको खुलाएकी छिन् ।

उनले आफ्ना सबै को-स्टारहरु राम्रो भएको बताउँदै उनीहरुसँग डेट गर्नुको अर्थ चलचित्रको बारेमा कुरा गर्नु रहेको र आफूले त्यसो गर्न नसक्ने बताएकी छिन् ।

‘मेरो हरेक को-स्टारसँग राम्रो सम्बन्ध बन्छ । किनकी मैले कुनै पनि नायकसँग सेक्स सम्बन्ध राखेकी छैन’ सोनमले भनिन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu