२५ बर्ष पहिले आफुलाई मद्दत गर्नेलाई बिर्सेनन् अक्षयले
‘बलीवुडका खिलाडी’ अक्षय कुमारको मानवीय चेहरा एक फेरी अगाडी आएको छ । अक्षय कुमार जब बलीवुडमा आफ्नो पहिलो प्रोजेक्ट ‘द्वारपाल’का प्रोड्यूसर रवि श्रीवास्तव गंभीर बिरामी भएको र उपचार खर्च नभएको खबर पाए उनले तुरुन्तै सहयोग गरे ।
अक्षय कुमार १९९१ मा बलीवुडमा पहिलो प्रोजेक्ट स्वरुप ‘द्वारपाल’ साइन गरेका थिए । तर यो प्रोजेक्ट समस्यामा पर्यो र अक्षय कुमारको पहिलो फिल्म स्वरुप ‘सौगंध’ १९९२ मा रिलीज भयो । ‘सौगंध’को लागि पनि रवि श्रीवास्तवले नै निर्देशक राज सिप्पीलाई अक्षय सिफारिस गरेका थिए ।
रवि श्रीवास्तव मृगौला रोगले थलिएका छन् । ट्रान्सप्लान्टको लागि उनलाई पैसाको खाँचो छ । तर, अक्षयले यो सबै समस्याको समाधान गरिदिएका छन् ।