‘परदेशीको उमंग’को नयाँ गीत सार्वजनिक (भिडियो)



pardeshiko-umanga-new-song

ठुलोपर्दा डटकम, काठमाण्डौ।
सगरमाथा फिल्म्सको प्रस्तुतीमा कुमार बिसीले निर्माण गरेको चलचित्र ‘परदेशीको उमंग’को नयाँ गीत सार्वजनिक गरिएको छ । ‘दैव ले आँखा’ बोलको गीतमा शिव परियारको स्वर, अर्जुन पोखरेलको संगीत र दयाराम पाण्डेका शब्द छन् ।

साथै, कार्तिक १२ गतेबाट देशभरका सिनमा घरमा आउने आइतबार राजधानीको सिटि म्याक्समा पत्रकार भेटघाटमा जानकारी गराइएको छ । नृत्य निर्देशक शिव शर्माले डेब्यु निर्देशन गरेको उमंगलाई केही दिन अघि अष्ट्रेलियाको सिडनीमा पनि प्रदर्शन पनि गरिएको थियो । चलचित्र हेर्ने सबै दर्शकले एउटा राम्रो नेपाली चलचित्र बनेको प्रतित्रिया दिएको शिवले बताए ।

उनले भने ‘उमंगलाई हामीले एउटा पृथक नेपाली चलचित्र बनाउने कोशिष गरेका छौँ ।’ पछिल्लो पटक बजारमा आएका चलचित्र मध्ये पृथक रहेको र नेपालभर प्रदशन भए पछि आम दर्शककमो मन जित्नमा आफू ढुक्क रहेको उनको दावी छ ।

विगत दुई दशकदेखि चलचित्र नृत्य निर्देशमा गर्दै आएका शिवले लामो समयदेखि चलचित्र क्षेत्रमा लागेर बटुलेको लामो अनुभवका कारण चलचित्र निर्माणमा प्रेरित भएर नेपालमा रोजगारी नपाएर विदेश पलायन भएको युवा वर्गको कथालाई समेटरे उमंग बनाएको बताए ।

कुमार बिसीको लगानीमा तयार भएको उमंगमा नायिका विनिता बरालको अभिनय रहेको छ । चलचित्रमा विनितासँगै नव नायक तथा निर्माता कुमार जिसीको पनि अभिनय रहेको छ । यो चलचित्रबाट नै बिसीले आफूलाई चलचित्र क्षेत्रमा स्थापित हुने जमर्को समेत गरेका छन् ।

८० प्रतिशत छायांकन दुवई र २० प्रतिशत नेपालको गुल्मी बागलुङ र काठमाडौंमा गरिएको छ । चलचित्रमा बिनिता बराल र कुमार बि. सीसँगै सी. पी. पौडेल, रामबाबू रेग्मी, शिला श्रेष्ठ, रुपेश सुवेदी, राम थापा, उमेश कुमार के. सीलगायतका कलाकारको अभिनय रहेको छ ।

चलचित्रका अभिनेता कुमार बिसीले नै यो चलचित्रको कथा लेखेका हुन् । आफूले विदेशमा बसेर दुःख तथा कष्ट भोगेको तथा सोही विषयवस्तुलाई चलचित्रको कथा बनाएको कुमारले स्पष्ट पारेका छन् । चलचित्रमा भारतीय गायक नाकाश अजिजको पार्श्व गायन रहेकोछ ।

गीत हेर्नुहोस्:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu