ठमेल बजारकी सुन्दरी एलिशालाई पल शाहले ट्युशन पढाउँदै (भिडियो)



paul-and-alisha-1

ठुलोपर्दा डटकम, काठमाण्डौ।
गत बर्ष एउटा गीतले निकै चर्चा पाएको थियो, ‘सेल्फी हानौँला’ । झण्डै तीन वटा एल्बममा संगीत भरिसकेका तथा केहि गीत समेत गाएका शंकर थापा (स्माईल)लाई त्यो समयसम्म दर्शक-श्रोताले चिनेकै थिएनन् तर, ‘सेल्फी हानौँला’बाट उनको चर्चा शिखरमा पुग्यो ।

उनी एका-एक व्यस्त बने । उनले देश-विदेशका महोत्सव तथा कार्यक्रममा भाग लिन भ्याई-नभ्याई भयो । ‘सेल्फी हानौला’को चर्चासँगै शंकरलाई एउटा चिन्ता पर्‍यो किनकी अब उनले त्यस्तै हिट हुने गीत बनाउनु जरुरी थियो । त्यसैको निरन्तरता स्वरुप उनले ‘सेल्फी २’ गीत ल्याएका छन् ।

शुक्रवार राजधानीमा एक कार्यक्रमको आयोजना गरि सार्वजनिक गरिएको उक्त गीतको बोल राखिएको छ, ‘ट्युशन पढाउँछु’ । विकास सुवेदीले निर्देशन गरेको उक्त गीतको भिडियोमा नायक तथा मोडल पल शाह र हालै मात्र ‘लुट २’को ‘ठमेल बजारमा’ बोलको गीतबाट चर्चामा रहेकी मोडल एलिशा राईको अभिनय छ ।

भिडियोमा पल एलिशालाई ट्युशन पढाउने शिक्षक बनेका छन् । पलले प्रेमको ट्युशन पढाईरहेका देखिएका छन् भने एलिशाले पनि मायाको ट्युशन पढिरहेकी छिन् ।

भिडियो सार्वजनिक कार्यक्रममा गायक तथा संगीतकार शंकर थापाले ‘सेल्फी हानौँला’को निरन्तरता स्वरुप यो गीत ल्याएको बताए । निर्देशक विकास सुवेदीले आफुले अहिले सम्मकै बढि मेहनत र चुनौतीपूर्ण गीत बनाएको बताए ।

यो गीतमा डिपि खनालका शब्द, शंकरको संगीत, शंकर र पुजा सुनुवारको स्वर रहेको छ । भिडियोलाई अनिल यूनिकरेलले छायांकन गरेका छन् भने शिलन लम्शालले सम्पादन गरेका छन् ।

भिडियो:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu