सिक्कीममा दीपक-दीपाले सम्मान थापेनन्, करिश्माको दु:ख उस्तै



deepak-deepa

ठुलोपर्दा डटकम।
यतिबेला नेपाली चलचित्र नगरीमा अन्तराष्ट्रिय कलाकार समाजले आयोजना गरेको चौँथो इनास अवार्डको झुर ब्यवस्थापनको चर्चा गर्माउँदो छ । अवार्डको लागि सिक्कीम पुगेका पत्रकारले सामाजिक सञ्जालबाट नै आपत्ती जनाईरहँदा हामी तपाईँलाई सदाबहार नायिका करिश्मा मानन्धरले पाएको दु:ख र चर्चित हाँस्यजोडी दीपक-दीपाको सम्मान बहिस्कारको बारेमा कुरा गर्दैछौँ ।

सिक्कीमका मूख्यमन्त्री पवन चाम्लिङ्बाट सम्मान थाप्ने विश्वासमा त्यहाँ पुगेका दीपक राज गिरी र दीपा श्री निरौलाले सम्मान बहिस्कार गरे । कारण थियो, पवन चाम्लिङ् कार्यक्रम हलमा हुन्जेल सम्मानलाई नै बिर्सिनु । जब आफ्नो झण्डै १ घण्टाको मन्तव्य सकेर चाम्लिङ् बाहिरिए दीपक-दीपा पनि बाहिरिए । अनावश्यक कुरामा समय खर्चिँईएको कार्यक्रममा त्यहाँका एक स्थानिय मन्त्री तथा इनास पदाधिकारीले मात्रै सम्मान दिने भएकोले उनिहरुले आफुहरुलाई दिन लागेको सम्मान लत्याएका हुन् ।

उनीहरु हलबाट बाहिरिएको केहि छिनमै रातीको करिब ११ बजे मञ्चबाट ‘विशेष सम्मान’का लागि भन्दै उनीहरुलाई बोलाईएको थियो । त्यहि समयमा नै राजेश हमाल, मनिषा कोइराला, निरुता सिंह लगायतलाई सम्मान दिइएको थियो ।

अब प्रसंग, करिश्माको ।
सिक्कीम पुगेका एक पत्रकारको भाषामा सिक्किम गएका कलाकर्मी तथा सञ्चारकर्मीले ‘त्यहाँबाट शून्य प्रशंसा र उच्च आलोचना’ गरेर राजधानी फर्किएका छन् ।

व्यवस्थापकको लापरबाहीका कारण अभिनेत्री करिश्मा मानन्धरले दु:ख खेपिन् । काकरभित्ताको भन्सार कार्यालयमा चार घण्टा वाहियात बस्नु परेपछि निराश रहेकी मानन्धरले सिक्कीममा यस्तो अपेक्षा गरेकी थिइनन् । उनले नेपालबाट पुगेका पाहुनाको राम्रो सत्कार चाहन्थिन्, उनले राम्रो व्यबस्थापनमा अवार्ड भएको हेर्न चाहन्थिन् । तर, भयो अर्कै ।

karishma

राष्ट्रिय कलाकारलाई भन्सार कार्यालयमा राखेर गराईएको परिचयात्मक कार्यक्रम उनले नेपालमा नै बहिस्कार गरेर बाहिर बसेकी थिइन् । सिक्कीम पुगेपछि यतिसम्म भयो की करिश्माले बस्ने होटल नै पाईनन् । उनले आँफैले बुक गरेर बसिन् । उनि त्यहि होटलमा बसिन् जहाँ राजेश हमाल दम्पत्ती र अभिनेत्री मनिषा कोइरालालाई राखिएको थियो ।

करिश्माका अनुसार आँफैले बुक गरेर बसेको होटलमा पनि आयोजकका कुनै सदस्यले कार्यक्रम तालिका तथा अन्य अवस्था सोध्न आएनन् । नेपाल फर्किने बेला पनि उनि आँफ्नै रकम खर्चिएर नेपालको भद्रपुर एयरपोर्ट सम्म पुगिन् । उनले आफु बसेको होटलको सबै बिल आँफैले तिरेको बताएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu