‘पुरानो पुस्ता’ रीलिज अगावै चार सीक्वल घोषणा !



purano-pusta

ठुलोपर्दा डटकम, काठमाण्डौ।
आज प्रदर्शनमा आएको नेपाली चलचित्र ‘पुरानो पुस्ता’ले रिलीज अगावै चारवटा सीक्वल बनाउने घोषणा गर्‍यो । पहिलो फिल्मको विजनेस सुरु नै नहुँदा यस्तो घोषणा हुँदा पत्रकार छक्क परे ।

किन र कसरी बन्छ त चार सीक्वल ? यो प्रश्नमा निर्माता संज्ञिता थापाले फिल्मको कथा नै चारवटा फिल्मको लागि रहेको बताईन् । ‘फिल्मको अन्त्यमा कथा टुंगिदैन त्यसैले चारवटा बन्छ र त्यसका लागी बजेट तयार छ’ उनले भनिन् ।

निर्देशक दीपसागरले ‘पुरानो पुस्ता’को चारवटा सम्म सिक्वेल निर्माणको प्रक्रिया अगाडी बढेको बयाए । एक सय बर्ष पुरानो कथामा तयार भएको यो फिल्म रोल्पा, प्यूठानमा छायांकन गरिएको छ ।

‘पुरानो पुस्ता’मा शेरवहादुर गुरुङ, विराज विष्ट, अनिश मगर, देव नेपाल, श्रृष्टी लगायतका कलाकारको अभिनय छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu