के हो ‘रुट नं. २३’ ?



root-number-23

ठुलोपर्दा डटकम, काठमाण्डौ।
राजधानीमा भएको एक पत्रकार भेटघाटमा चलचित्र ‘रुट नं. २३’को घोषणा भयो । यो चलचित्रलाई आजैबाट रिलीजमा आएको नेपाली फिल्म ‘द फेमस्’का निर्देशक समीर बलामीले निेर्देशन गर्दैछन् ।

वास्तविक घटनामा बन्ने भनिएको ‘रुट नं. २३’ के हो त ? यो कस्तो चलचित्र हो त ? नाम अलि फरक भेटेपछि सञ्चारकर्मीको जिज्ञासा हो यो । कार्यक्रममा बालाजु क्षेत्रका सभासद रामबिर मानन्धरको पनि उपस्थिती थियो ।

यो चलचित्र र रामबिर बीच सम्बन्ध छ । यो त्यहि घटनाको आधारमा बन्ने चलचित्र हो जुन घटनाका पिडित हुन् रामबिर मानन्धर । रामवीर मानन्धरको लगानी रहेको माईक्रो बसमा द्वन्द्वकालको समयमा बालाजुबाट भित्र शिवपुरी तथा नागार्जुनको बीच सडकमा भएको बम विष्फोटको कथामा यो चलचित्र बन्नेछ, जसको भूमिकामा सुधिर श्रेष्ठ फाईनल छन् । अन्य कलाकार भने छनौट भईसकेका छैनन् ।

उक्त विस्फोटबाट माईक्रोमा रहेका सह चालकबाहेक सबैको निधन भएको थियो । तिनै सहचालकको कथाको नेराघेरामा यो चलचित्र घुम्नेछ । आउँदो फागुन १ गते एक कार्यक्रमका बीच फस्टलुक सार्वजनिक गर्दै फिल्मको छायाँकन सुरु गर्ने कार्यक्रममा जानकारी गराईएको छ ।

महेशराज ढकाल, विक्रम श्रेष्ठ र दिपेन्द्र शाक्य निर्माता रहेको ‘रुट नं २३’मा बजेट १ करोड ५० लाख रहने बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu