पोर्नस्टार छोरीलाई अगाडी देख्दा परिवारलाई के भयो ?



sunny-rakhi

सनी लियोनी अब बलीवुडकी चर्चित कलाकारमा शामिल छन् । उनले एक अन्तरवार्तामा आँफैले यो स्विकारेकी छिन् कि उनलाई पोर्नस्टारको ट्यागले कहिल्यै पछि छोड्ने छैन ।

सनीको अगाडीको जीवनको कुरा गर्ने हो भने उनि एक आम युवती थिइन् । उनले पोर्न इन्डस्ट्रीमा जाने फैसला आफ्नो मर्जीले नै लिएकी हुन् । जब परिवारले यो कुरा थाहा पाए एकदमै निराश भएका थिए ।

सनीका अनुसार उनले पोर्न इन्डस्ट्री बिजनेसको हिसाबमा सुरु गरेकी थिइन् । ‘जब मैले पेंटहाउस (एडल्ट इन्डस्ट्रीको चर्चित म्यागजीन)बाट कभर अफ दि ईयर र एक लाख डलर (आजको हिसाबमा करीव एक करोड नौ लाख नेपाली रुपैयाँ) जीतेँ अनि मैले बाबा-आमालाई बताएँ । उहाँहरु अत्यन्तै निराश हुनुभयो । जब मैले यो कुरा भने कि मैले मेरो जीवन मेरो तरिकाले बाँच्छु भन्ने सोचेर यो फैसला गरेँ तब उहाँहरुले स्विकार्नुभयो’ अन्तरवार्तामा सनीले भनिन् ।

सनीको जन्म सन् १९८१ मा सर्निया ओन्टारियो, क्यानडामा पञ्जाबी सिख परिवारमा भएको थियो । जब उनि ११ बर्षकी थिइन् उनको परिवार अमेरिका शिफ्ट भएको थियो । सनीका पिता इन्जीनियर थिए, आमा हाउसवाइफ । उनका एक भाई छन् जसको नाम संदीप सिंह वोहरा हो र उनि अमेरिकामा शेफ काम गर्छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu