‘भिलियन’ रेखा, चुलबुले डल्ली: डायरी टीजर रिलीज (भिडियो)



diary-teaser1

ठुलोपर्दा डटकम, काठमाण्डौ।
अभिनेत्री रेखा थापाले खलपात्रको भूमिका निभाएको नेपाली चलचित्र ‘डायरी’को टिजर रिलिज भएको छ । चलचित्रमा नायिका रेखा थापा, छुल्ठिम गुरुङ र सन्नी सिंहको मुख्य भूमिका छ ।

टीजरमा रेखालाई ‘भिलियन’ बनाईएको छ भने छुल्ठिम र सन्नीलाई प्रेममा देखाईएको छ साथै सन्नी एक्शनमा पनि उत्रिएका छन् । छुल्ठिम इन्टरटेनमेन्ट र एयर क्रु प्रोडक्सनले संयुक्त रुपमा निर्माण रहेको यस चलचित्रलाई ‘आवरण’ चलचित्र मार्फत निर्माताको रुपमा रजतपटमा प्रवेश गरेका अनिल योन्जनले निर्देशन गरेका छन् ।

diary-teaser

यो चलचित्रमा छेतेन गुरुङको कथा, शिवराम श्रेष्ठको छायांकन तथा प्रविन श्रेष्ठको सम्पादन छ ।

टीजर हेर्नुहोस्:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu