ठुलोपर्दा डटकम, काठमाण्डौ।
फायर इन्टरप्राइजेजको व्यानरमा बनेको नेपाली फिल्म ‘समर्पण’को गीत तथा पोस्टर सार्वजनिक भएका छन् । राजधानीमा सोमबार आयोजित कार्यक्रममा रोजन रखालले निर्माण गरेको यो चलचित्रका प्रचार सामग्री सार्वजनिक गरिएको हो ।
फिल्मका निर्देशक बसन्त निरौलाले आफ्नो फिल्मलाई केहीले भिडियो फिल्म बनाएको आरोप लगाएकोमा आपत्ति जनाएका थिए । समर्पणले साथीभाईको बिषयमा कथा उठान गरेको निरौलाले बताए ।
उनले फिल्ममा नयाँ कलाकारहरु रहेपनि उनिहरुले राम्रो काम गरेको र फिल्मलाई बंगलादेशका बिभिन्न रमणिय स्थानमा छायांकन गरेको उल्लेख गरे ।
निर्माता रोजन रखालले राम्रो कथा भएकाले फिल्ममा आफुले लगानी गरेको बताए । आगामी पौष १५ गते रिलिज हुने फिल्ममा रोजन रखाल, रञ्जु शर्मा, प्रयास तामाङ, रुवी शर्मा, विश्वास लामा, अमृत शाही ठकुरी, आशा भुषाल, अनु पराजुली, बालकृष्ण बञ्जारा, दीपक थापा र कुमार श्रेष्ठको अभिनय छ ।
फिल्ममा रोजनलाई बंगलादेशी नागरिक इमरान सिद्धिकीले पनि निर्माणमा सघाएका छन् । विश्वास लामाको नृत्य, कुमार महर्जनको द्वन्द्व, टंक बुढाथोकीको संगीत, तारा थापा किम्भे र किरण अधिकारीको सम्पादन रहेको फिल्ममा दिव्य सुवेदीको छायांकन छ ।
फोटो: महेश्वरमान सिंह