ठुलोपर्दा डटकम, काठमाण्डौ।
नेपाली फिल्म ‘बमकाजी’ छायांकनको केहि दिन अगावै अभिनेता सौगात मल्ल, नायिका दिया पुन र कलाकार बुद्धि तामाङ सहित ६ जनाको टोली लोकेशन तर्फ लागेको छ । गोर्खा जिल्लाको सामागाउँस्थित मनास्लु वेस क्पाम्पतर्फ हेलिकोप्टर चार्टर गरि उनिहरु गएका हुन् ।
स्थानिय रहनसहन र संस्कृतिलाई नजिकबाट नियाल्नु पर्ने भएकाले कलाकारको टोली ‘बमकाजी’ को छायांकन सुरु हुने केही दिन अगाडी नै मनास्लु उडेको निर्देशक खिलबहादुर गुरुङले बताए । निर्देशक गुरुङका अनुसार फिल्मको छायांकन यही मंसिर २५ गतेदेखि सुरु हुनेछ ।
परिच्छेद सेनको कथा र साम्तेन भुटियाको पटकथा तथा संवाद रहेको फिल्ममा सौगात, दिया र हैटसँगै कलाकार वीर बहादुर लामा मुख्य भूमिकामा प्रस्तुत हुनेछन् । चार हजार फिटमा रहेको मनास्लु वेस क्याम्पमा ‘बमकाजी’ को सम्पूर्ण छायांकन गरिनेछ भने फिल्मको शिर्ष भूमिकामा सौगात प्रस्तुत हुँदैछन् ।
सुरेश कार्की, रविराज कार्की र राजेशजंग गौतमको संयुक्त लगानी रहेको फिल्म ‘बमकाजी’ लाई सञ्जय लामाले खिच्नेछन् भने प्रोडक्सन डिजाईन बुद्धिलाल मगरले गर्दैछन् ।