धरानबाट सुमनले ल्याए साथी (भिडियो)



singer-suman-shrestha

गायक सुमन श्रेष्ठ (संगम)को नयाँ गीत ‘हामी साथी साथी’को भिडियो धरानमा सार्वजनिक गरिएको छ । गोपाल दाहालका शब्द र वसन्त सापकोटाको संगीत रहेको गीतको भिडियोलाई नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव तथा वरिष्ठ गायक, संगीतकार गणेश रसिक र भिडियोका कलाकारले संयुक्त रुपमा भिडियो सार्वजनिक गरेका हुन् ।

कार्यक्रममा गायकहरु गंगा बरदान, एपी शेर्पा, भूवन सुप्तिहाङ राई, संगीतकार ओमप्रकाश राई, निर्देशक केदार धिताल लगायत स्थानीय कलाकर्मी र संगीतप्रेमीको बाक्लो उपस्थिति रहेको थियो । गायक सुमनले नै निर्देशन गरेको साथी साथी भिडियामा जुलन कालिकोटे, मणि भुजेल, पुष्कर ताम्राकार, रामनारायण साह, राजेश श्रेष्ठ, राजन खनाल, मोहन तिम्सिना, विराज खनाल, शम्भु थापा मगर, भुपेन्द्र गुरुङ, साजन राई लगायतको अभिनय रहेको छ ।

साथी समूहमा विभिन्न जाती र पेशाका युवाहरु आवद्ध छन् । अहिलेको राजनीतिक, जातीय, धार्मिक तथा अन्य सामाजिक फुटको विकृतिलाई हटाउादै जुटको सामाजिक माहोल निर्माण गर्ने हामी साथी साथीको लक्ष्य रहेको गायक तथा निर्देशक श्रेष्ठले बताए ।

भिडियो:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu