काठमाण्डौमा सेलिब्रेटी म्युजिकल नाइट हुँदै



ghar-aagan-nepal

ठुलोपर्दा डटकम, काठमाण्डौ।
काठमाण्डौको धुम्बाराहीस्थित घरआँगन नेपालको सहयोगार्थ एक सांगीतिक कार्यक्रमको आयोजना गरिेने भएको छ ।

असहाय तथा अनाथ बालबालिकाहरुको शिक्षाका लागि काम गरिरहेको उक्त संस्थामा रहेका बालबालिकाहरुले उचित शिक्षा पाउन भन्ने उद्देश्यले पौष १ गते, शुक्रबार सांगीतिक कार्यक्रमको आयोजना गरिएको शनिवार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराईएको छ ।

देश तथा विदेशमा नाम कहलिएका गायन क्षेत्रमा स्थापित कलाकारहरुलाई समेटिएर सेलिब्रेटी म्युजिकल नाइट शिर्षकमा जित लामाले कार्यक्रमको आयोजना गरेका हुन् । कार्यक्रममा सहभागी हुने अधिकांश कलाकारले घर आँगन नेपालको सहयोगका लागि बीनापारिश्रमिक प्रस्तुती दिने बताईएको छ ।

म्युजिकल नाइटमा सुगम पोखरेल, विजय लामा, प्रमोद निर्वाण (म्युजिक लिंक), हेमन्त राना, प्रेम लामा, विश्व नेपाली, मिङग्स लामा, डिजे जेनी लगायतको प्रस्तुती रहने छ । पुतली सडकस्थित स्टारमलमा रहेको पलेटी ब्याङक्वेटमा कार्यक्रम आयोजना हुँनेछ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu