ठुलोपर्दा डटकम, काठमाण्डौ।
तुलसी घिमिरे निर्देशित नेपाली फिल्म ‘दर्पण छायाँ २’ को डबिङ सुरु भएको छ । फागुन २७ गतेदेखि प्रदर्शनमा आउने यो फिल्मको चक्रपथस्थित भेनस रेकर्डिङ स्टुडियोमा यसै सातादेखि स्वराङ्कन कार्य सुरु भएको छ ।
अहिेले नायक पुष्पल खड्का र नायिका साहाराले डब गराइरहेका छन् । यसै फिल्मबाट डेब्यू भएकी साहारा डबिङकै लागि गत साता अमेरिकादेखि नेपाल आएकी हुन् । यसअघि छायांकन सकेर उनी अमेरिका फर्किएकी थिइन् ।
निर्देशक घिमिरेकै लेखन रहेको फिल्म ‘दर्पण छायाँ २’ लाई सावु गदाल कार्की र रवि कार्कीको संयुत्त रुपमा निर्माण गरेका हुन् । युवा पुस्ताको लभ स्टोरी भन्ने फिल्ममा पुष्पल र साहारा सहित फिरोज तिमल्सिना, श्रद्धा प्रसाईं, भारती घिमिरे लगायत कलाकारहरुको अभिनय रहेको छ ।