सलमानले भाञ्जासँग काटे जन्मदिनको केक



salman-khan-and-bhanja

बलीउड स्टार सलमान खान ५१ बर्षका भएका छन् । २७ डिसेम्बे १९६५, इन्दौर, मध्यप्रदेशमा जन्मेका सलमानले ५१औँ जन्मदिनको पार्टी पनवेल स्थित आफ्नो फार्महाउसमा दिए ।

पार्टीमा सलमान खानका पारिवारिक सदस्यहरुका अलावा बिपाशा बसु, करण सिंह ग्रोवर, रेमो डिसूजा, बीना काक, सोनाक्षी सिन्हा, मौनी रोय, अरमान मलिक र रमेश तौरानी सहित उनका केहि साथी पनि सामेल थिए । सलमानले भाञ्जा आहिल (अर्पिता र आयुषमा छोरा)को केक काटे ।

जन्मदिनमा सलमानको लागि बिशेष केक मगाईएको थियो । केकमा ठुला-ठुला अक्षरमा ‘बीइंग ह्युमन’ लेखिएको थियो । ‘बीइंग ह्युमन’ सलमानको च्यारिटी ब्राण्ड हो । यो ब्राण्डका टी-शर्ट्स र जुत्ता जस्ता उत्पादनहरु बजारमा आउँछन् र यसबाट भएको कमाई समाजको भलाईको लागि खर्च गरिन्छ । जन्मदिनको अवसरमा ‘बीइंग ह्युमन जुत्ता’मा ५१% छुट घोषणा गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu