धुर्मुस-सुन्तली यसरी बने जिउँदो भगवान (भिडियो)



living-god

ठुलोपर्दा डटकम, बर्दिवास।
चर्चित हाँस्यकलाकारद्वय सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’द्वारा सञ्चालित ‘धुर्मुस-सुन्तली फाउण्डेशन’ले महोत्तरी जिल्लाको मुशहर बस्तीमा ५० घर बनाउन सोमवार शिलान्यास गर्‍यो ।

शिलान्याशको लागि महजोडी सहितका कलाकार तथा पत्रकार बर्दिवास पुगेका थिए । बस्ती पुग्दा स्थानियको ठुलो भिड देखिन्थ्यो । हजारौँ भिडका बीच धुर्मुस-सुन्तली तथा आगन्तुक पाहुनालाई फुलमालाले स्वागत गरेका थिए । मह जोडीले आफुलाई लगाईदिएको माला समेत धुर्मुसलाई लगाईदिँदा उनको अनुहार सबै छोपिएको थियो ।

त्यहिँ स्थानिय विद्यार्थीहरु पनि आएका थिए । विद्यार्थीले विभिन्न नारा लेखिएका ब्यानर बोकेका थिए । केहिले धुर्मुस-सुन्तलीलाई जिउँदो भगवान मान्दै “Dhurmus Suntali Living God Of Nepal” नारा लेखिएको प्लेकार्ड बोकेका थिए । ति प्लेकार्डले उपस्थित धेरैलाई भावुक बनाएका थिए ।

भिडियोमा हेर्नुहोस्, धुर्मुस-सुन्तली यसरी बने जिउँदो भगवान:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu