६१ दिनमा सकियो ‘हैरान’



hairan-end

ठुलोपर्दा डटकम, काठमाण्डौ।
विश्वकै कान्छा निर्देशक सौगात बिष्टले निर्देशन गरेको दोश्रो चलचित्र ‘हैरान’को छायांकन सकिएको छ । डान्स फिभरले बनाईरहेको ‘हैरान’लाई ६१ दिन लगाएर छायांकन गरिएको अभिनेता गजित बिष्टले बताए ।

४५ दिनमा छायांकन सक्ने योजना बनाएको तर निर्धारित समय भन्दा बढी समय लागेपछि बजेट पनि बढेको जनाइएको छ । श्रृष्टी घिमिरे, मुक्ति घले, वाइ.एल. लामा र सम्झना पोखरेलको निर्माणमा बन्दै यो चलचित्रमा गजित बिष्ट, निश्मा घिमिरे, सत्यराज आचार्य, पुष्कर रेग्मी, बुद्धि तमाङ, सागर लम्साल, शिसिर भण्डारी, सरोज खनाल, वसिम राजा, नव-अभिनेत्री आरोहि शर्मा, लगायतको मुख्य भूमिका रहेको छ ।

चलचित्रलाई कमेडी, प्रेम र सस्पेन्स शैलीमा निर्माण गरिएको बताईएको छ । पहिलो चलचित्र ‘लभ यू बाबा’ निर्देशन गरेर सौगातले विश्वकै कान्छा निर्देशकको रेकर्ड बनाएका थिए । चलचित्र कमर्शियल रहेको बिष्टले बताए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu