तेरियाले जितिन् ‘झलक दिखलाजा’



teriya-magar

ठुलोपर्दा डटकम।
यसअघि जी टीभीबाट प्रशारण भएको ‘डान्स इन्डिया डान्स’को उपाधी जितेकी नेपालकी तेरिया मगरले भारतको चर्चित टेलिभिजन शो ‘झलक दिखला जा’को ट्रफि जितेकी छिन् ।

भारतिय मीडियाका अनुसार तेरियाले अन्य दुई प्रतिस्पर्धीलाई उछिन्दै जीत हाँसिल गरेकी हुन् ।

खासगरी तेरियाको चर्को प्रतिस्पर्धा सलमान यूसूफ खानसँग भएको थियो । भोटिङको आधारमा तेरियाले उपाधी जितेकी हुन् । उनले जितेको शो शनिबार बेलुकी कलर्स च्यानलबाट प्रसारण हुनेछ ।

रुपन्देहीको बुटवलकी तेरियालाई भोट गर्न भन्दै केहि दिन अगाडि मात्र पत्रकार सम्मेलन मार्फत उनका हजुरबुवा लगायतले आह्वान गरेका थिए । अनलाइन र एसएमएस मार्फत संसारभरबाट उनलाई भोट गरिएको थियो ।

भिडियो समाचार:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu