विद्यालय भवन उद्घाटन गर्दै हमालले भने, ‘विद्यार्थीहरुलाई भाग्यमानी ठान्छु’



ठुलोपर्दा डटकम, तनहुँ ।
अभिनेता राजेश हमालले तनहुँको जामुनेमा रहेको राधा माविका विद्यार्थीलाई भाग्यमानी ठानेको बताएका छन् । उक्त विद्यालयमा नवनिर्मित भवन उद्घाटन गर्दै हमालले यस्तो बताएका हुन् ।

लामो समयदेखी शिक्षा क्षेत्रमा काम गर्दै आएको घाँसी नेपालद्वारा बनाईएको तनहुँको जामुनेमा रहेको राधा माध्यामिक विद्यालयमा रहेको भवनको चारकोठा हस्तान्तरणमा सोमवार अभिनेता हमाल तनहुँ पुगेका थिए । हमाल घाँसी नेपालका मानार्थ सदस्य तथा अभियान्ता हुन् ।

rajesh-hamal-at-tanahun-5

राधा माविका भवनलाई भूकम्पले ढलाएपछि यो संस्थाले नयाँ भवनको चार कोठा सहयोग गरेको हो । गोरखा, रसुवा लगायतका जिल्लामा भने पुरै विद्यालय नै घाँसी नेपालले बनाईरहेको छ, जुन छिट्टै हस्तान्तरण हुँदैछन् । तीन बर्षमा ३०० कोठा विद्यालय बनाउने लक्ष्य घाँसी नेपालको छ । यो अभियानमा अभिनेता हमालले आफ्नो पूर्ण सहयोग रहने बताएका छन् ।

‘भूकम्प पछि मैले देशमा विभिन्न क्षेत्रमा भ्रमण गरेँ । त्यो समयमा विद्यालयहरुको क्षतिलाई पनि देखेँ । धेरै विद्यालयहरु दयनिय अवस्थामा थिए । त्यो अवस्था देख्दा ति विद्यालयहरुलाई पुन: पुरानै अवस्थामा उठाउन सक्छौँ कि सक्दैनौँ भन्ने जिज्ञासा थियो’ हरेक क्षेत्रमा भएको ढिलाईमा दुख व्यक्त गर्दै हमालले भने, ‘आज आएर लामो समय भईसक्दा पनि कछुवा गतिमा अगाडी बढिरहेका छौँ । धेरै ठाउँमा अस्थायी टहराहरु छन्’ ।

कार्यक्रममा बोल्दै हमालले यहि अवस्थामा आफ्नो भेट घाँसी नेपालसँग भएको बताए । ‘घाँसी नेपालको योजनाहरु हेरेँ । उहाँहरु पहिले देखी नै शिक्षा क्षेत्रमा लाग्नुभएको रहेछ । भूकम्प पश्चात अझै सक्रिय रहेछ । भूकम्पले ढालेका विद्यालयलाई कसरी उठाउन सकिन्छ भन्नेमा घाँसी नेपाल अग्रसर थियो । त्यो थाहा पाएपछि मलाई घाँसी नेपालसँग हातेमालो गर्न मन लाग्यो’ कार्यक्रममा उनले बताए ।

आफ्नो व्यस्त समयलाई व्यबस्थापन गर्दै राजधानी बाहिर निस्किएका राजेशले विद्यार्थीहरुसँग समय बिताउन पाउँदा फलदायक महशुस हुने गरेको बताए । ‘विद्यार्थीहरुसँग जुन समय व्यतित गरिन्छ त्यो एकदमै अमुल्य हुन्छ । विद्यार्थीले विशुद्द वर्तमानलाई प्रतिनिधित्व गरिरहेको हुन्छ, वर्तमानको छवि बोकिरहेको हुन्छ’ हमालको भनाई थियो ।

हमालले राष्ट्रको उत्थान गर्नुछ, उन्नत राष्ट्रमा गनिनु छ भने शिक्षाको माध्यमबाट नै त्यो हासिल गर्न सकिने जिकिर गरे ।

घाँसी नेपाललाई सहयोग गर्न इच्छुकको जानकारीको लागि:
GHANSI IDEAL SOCIETY NEPAL
Global IME Bank
A/C No.: 2801010000547
Web: http://ghansinepal.org
Contact:
Ghansi Nepal
PO. Box 13770 Ghansi Ghar,
Sanepa, Lalitpur, Nepal
+977-1-5548046
+977-1-5548046
Email:
[email protected]
[email protected]

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu