ओस्कार जानबाट रोकिए यि निर्देशक, ट्रम्पको कारण चलचित्रकर्मी मर्कामा



fahrahdi

ओस्कार अवार्डमा उत्कृष्ट विदेशी भाषी फिल्मको नोमिनेशनमा परेका इरानका फिल्ममेकर अस्गर फरादी अमेरिका जानबाट रोकिएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सात मुस्लिम देशबाट ९० दिनसम्म अमेरिका जाने प्रवेशाज्ञा रोक लगाउने घोषणासँगै उनि जान नपाउने भएका हुन् ।

फरादीको ‘द सेल्सम्यान’ नामक चलचित्र नोमिनेशनमा छ । फरादी यो चलचित्रका लेखक तथा निर्देशक हुन् । यो चलचित्र अर्थर मिलरको ‘डेथ अफ अ सेल्सम्यान’ नामक पुस्तकमा आधारित छ जहाँ युवा जोडीको कथा छ । ओस्कार अवार्ड फेब्रुअरी २६ मा हुँदैछ ।

अमेरिकी राष्ट्रपति ट्रम्पले आफ्नो चुनावी अभियानमा बोलेका कुरा पुरा गर्दै जाने क्रममा अमेरिकामा आतंकवादी गतिविधीलाई रोक लगाउने भन्दै इरान, इराक, लिबिया, सोमालिया, सुडान, सिरिया र यमनका नागरिकलाई ९० दिनसम्म अमेरिका प्रवेशमा रोक लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu