ठुलोपर्दा डटकम, काठमाण्डौ।
नेपाली चलचित्र ‘कुम्भ करण’को टिजर रिलिज गरिएको छ । कमेडी शैलीको यो चलचित्रमा नीशा अधिकारी शिक्षिकाको भूमिकामा छिन् । उनि चलचित्रको प्रमूख पात्र हुन् ।
टीजरमा गौरव पहारी, भोला सापकोटा, अभय बराल लगायतलाई देखाइएको छ । टीजरले यि तीनजना कलाकारहरु नीशाको पछि पछि देखिएका छन् । चलचित्रको रिलीज मिति भने तय भएको छैन ।
आकाश पल इन्टरटेन्मेन्टको प्रस्तुतीमा तयार यो चलचित्रलाई दीपक वलीले निर्देशन गरेका छन् । यो चलचित्रमा महेश दवाडीको कथा, पटकथा तथा संवाद रहेको छ भने सुरेन बसेलको नृत्य निर्देशन, हरि लामाको छायांकन, अर्जुन जीसी र मिलन श्रेष्ठको सम्पादन छ । चलचित्रमा क्षितिज बस्नेतको निर्माण, रोम वलीको सह-निर्माण छ ।
टीजर हेर्नुहोस्: