बैंगलुरुमा नेपाली फिल्म फेस्टिभल हुने



banglore

ठुलोपर्दा डटकम, काठमाण्डौ।
भारतको बैंगलुरुमा नेपाली फिल्म फेस्टिभल हुने भएको छ । फेस्टिभल बैंगलुरुमा रहेका नेपालीहरुको सहकार्यतामा नेपालको डिजिटल फिल्म मार्केटिङ् कम्पनी हाइलाईट्स नेपालले आयोजना गर्दैछ ।

फे्रुअरी १२ मा हुने फेस्टिभलमा विभिन्न नेपाली चलचित्रहरु सहभागी हुनेछन्, जसमा तीन नेपाली चलचित्रहरु ‘लभ साशा’, ‘कालो पोथि’ र ‘जात्रा’ बिशेष प्रदर्शनी हुने बताईएको छ । यि चलचित्र हेर्न टिकट किन्नु पर्नेछ ।

नेपाली लगायत सिक्किम, दार्जिलिङ, असाम, मनिपुर, मिजोराम लगायत भुटानमा बस्ने नेपालीहरु समेत यो फिल्म फेस्टिभलमा सहभागि हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu