जतिनमाथी रेश्माको धोका, यो साईनो मायाको गीत रिलीज (भिडियो)



yo-mayako-saino-song

ठुलोपर्दा डटकम, काठमाण्डौ।
अरुणकुमार प्रधानको निर्देशनमा बनेको नेपाली चलचित्र ‘यो साइनो मायाको’मा समावेश गीत रिलीज भएको छ । चैत्र ४ गते रिलीज हुने चलचित्रको ‘के भयो’ बोलको गीतमा चर्चित गायक शिव परियारको स्वर रहेको छ । शब्द तथा संगीत कुन्दन थापाको छ ।

गीतमा जतिन ताम्राकार र रेश्मा घिमिरे फिचरिङ छन् । ‘यो साइनो मायाको’ मा जतिन र रेश्मासँगै किशोर भण्डारी (डिट्ठा साब), राजु कमेडी, सुनिता ठाकुर, दिवस उप्रेती, आर्यन प्रधान, उमा कार्की, नवनित प्रधान, काशिस शर्मा, प्रतिला थापा, मनोज खतिवडा, गौरव खतिवडा, सागरा डंगोल, सुनिल सुब्बाको अभिनय छ ।

रामकुमार श्रेष्ठ निर्माता रहेको फिल्ममा बाबुराम नेपालीको छायांकन छ ।

भिडियो:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu