नाजिर हुसेनकी रानी बनिन् केकी



keki-and-najir-raja-rani

ठुलोपर्दा डटकम, काठमाण्डौ।
नायिका केकी अधिकारी अब अभिनेता नाजिेर हुसेनकी रानी बन्ने भएकी छिन् । आइतबार राजधानीमा घोषणा भएको चलचित्र ‘राज्जा रानी’मा यि दुई कलाकारको प्रमूख अभिनय रहनेछ । साथमा कामेश्वर चौरासिया पनि रहनेछन् ।

कोहिनुर, वीर विक्रम, शब्द, के म तिम्रो होइन र, रानी लेखिसकेका यम थापाले यही चलचित्रबाट निर्देशनमा डेब्यु गर्दैछन् । पश्चिम तराई र मधेशमा बोलिने शब्दावली र संवेदनामाथि यो चलचित्र बनाउन लागेको निर्देशक तथा लेखन यम थापाले बताए ।

आफुहरु रोमान्टिक जोडीको रुपमा देखिन लागेको केकीले बताईन् । उनले रानी पात्र गजबको रहेको र दर्शकले आफूलाई महसुस गर्न सक्ने बताईन् ।

आर्यन फिल्मस् प्रोडक्सनको ब्यानरमा बन्ने यो चलचित्रका निर्माता रमेश पौडेल हुन् । तारा प्रकाश लिम्बु र दीपक शर्माको संगीत, पुरुषोत्तम प्रधानको छायांकन, कविराज गहतराजको नृत्य निर्देशन रहुने यो चलचित्रमा लक्ष्मी बर्देवा, संगीता नापित, दीपक क्षेत्री, विनोद निरौला, अनोज पाण्डे, अशोक आचार्य, अनुज थापा, अरुण रेग्मीको समेत अभिनय रहुनेछ ।

चलचित्रका निर्माता पौडेल पौडेल डिस होम तथा सीम टिभीका संस्थापक प्रमुख हुन् । उनले चलचित्रविकास बोर्डले लागु गर्न लागेको बक्स अफिस स्थापनामा सहकार्य गर्न आफ्नो कम्पनी डिस होम तथा सीम टिभी तयार रहेको बताए ।

फागुन ५ देखि नेपालगंजबाट छायांकन शुरु हुने यो चलचित्र घोषणा कार्यक्रममा भुवन केसी र रेखा थापाको समेत उपस्थिती थियो ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu