वर्ल्ड फेसन परेडमा निर्माता पूनम गौतमका पहिरन (फोटो फिचर)



Punam-Fashain-Show-Feat

ठुलोपर्दा डटकम, न्यूयोर्क।
नेपाली चलचित्रकी निर्माता तथा फेसन डिजाइनर पुनम गौतमले तयार पारेका विभिन्न पहिरनहरु अन्तर्राष्ट्रिय मोडलहरुले प्रदर्शन गरेका छन् । नेपालका विभन्न १४ जातजातिका परम्परागत पहिरनहरु पहिलो पटक अमेरिकाको अन्तर्राष्ट्रिय फेसन शोमा प्रदर्शन गरिएको हो ।

शनिबार राती न्यूयोर्कमा सम्पन्न वर्ल्ड फेसन परेडद्वारा आयोजित ‘न्यूयोर्क फेसन विक-३’ मा नेपालबाट गएकी फेसन डिजाइनर गौतमले तयार पारेका विभिन्न पहिरनहरु अन्तर्राष्ट्रिय मोडलहरुले प्रदर्शन गरेका हुन् ।

World Fashain Parade Nepali Dress (2)

नेपाल सांस्कृतिक रुपले सुन्दर तथा धनी छ भन्ने सन्देशसहित डिजाइनर गौतमले तयार पारेका पहिरनहरु फेसन शोमा प्रस्तुत गरिएको हो । उक्त फेसन शोमा प्रदर्शन गरिएका नेपाली पहिरनहरु अन्तर्राष्ट्रिय मोडलहरुले नै प्रस्तुत गरेका हुन् ।

फेसन शो सम्पन्न भए लगत्तै आफूलाई विश्वका स्थापित फेसन डिजाइनरहरुले बधाइ दिएको बताउँदै डिजाइनर गौतमले भनिन्—’अन्य डिजाइनरका कमर्सियल पहिरन प्रदर्शन गरिँदा मैले नेपाली मौलिक कला तथा संस्कृती झल्कने पहिरन तयार पारेकोमा अधिकांशले नेपाली पहिरनको प्रसंसा गरेकोमा म असाध्यै हषिर्त भएकी छु ।’

World Fashain Parade Nepali Dress (1)

फेसन शोमा डिजाइनर गौतमले तयार पारेका ब्राम्हण, क्षेत्री, शेर्पा, तामाङ, गुरुङ, थारु, राउटे, राजकीय, मगर, नेवार, मैथिली आदि जातिका मासिनहरुले लगाउन परम्परागत पहिरनहरु प्रदर्शन गरिएको थियो ।

‘नेपालमा झन्डै तीन महिना लगाएर तयार पारेका पहिरनले अमेरिकी दर्शकको समेत मन जित्न सकेकोमा म हषिर्त छु, डिजाइनर गौतम भन्छिन्—’पहिरनमार्फत मैले हामी नेपाली एक हौं भन्ने सन्देश दिन खोजेकी थिएँ । मेरो यो थिमलाई अधिकांश सहभागिले प्रसंसा गरे ।’ फेसन शोमा डिजाइनर गौतमले तयार पारेका पहिरनहरु विदेशी मोडलहरुले प्रदर्शन गरिरहँदा एक जना नेपाली मोडल जाङ्बु शेर्पाले पनि ती पहिरन प्रस्तुत गरे ।

World Fashain Parade Nepali Dress (3)

उक्त फेसन शोमा नेपाली डिजाइनर गौतमसहित विश्वका १५ जना डिजाइनरहरुले आफ्ना पहिरन प्रदर्शन गरेका थिए । हरेक डिजाइनरलाई आफ्ना पहिरन प्रदर्शनका लागि एक-एक वटा सिक्वेन्स तयार पारिएको थियो । डिजाइनर गौतमको पहिरनले चौतर्फी प्रसंसा पाए लगत्तै न्यूयोर्कस्थित नेपाली राजदूतावासले उनलाई प्रसंसा पत्रले सम्मान गर्ने घोषणा गरेको छ ।

World Fashain Parade Nepali Dress (10)

फेसन शो लगत्तै आफ्ना दुई पहिरन बिक्रि भएको समेत डिजाइनर गौतमले बताएकी छिन् । राउटे तथा शेर्पा जातिको संस्कृति झल्कने पहिरन विक्री भएको गौतम बताउँछिन् । न्यूयोर्कको होलि डे इनमा सम्पन्न फेसन शोमा करिव ६ सय दर्शक सहभागि थिए । नेपाली दर्शकको न्यून उपस्थिती रहेको फेसन शोमा नेपाली पहिरनले दर्शकको मन जितिरहँदा अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले समेत डिजाइनर गौतमसँग नेपाली परम्परागत पहिरनका बारेमा जिज्ञासा राखेका थिए ।

World Fashain Parade Nepali Dress (4)

‘म जहाँ पुग्छु, आफ्नो देश नेपाललाई सँग-सँगै लैजान्छु, डिजाइनर गौतमले फेसन शोपछि सञ्चारकर्मीहरुलाई भनेकी थिइन्—’नेपाल बहुल जातिय मुलुक भएकाले हामी कला र सँस्कृतिका लागि धनी छौं भन्ने कुरा मैले पहिरनमार्फत प्रदर्शन गर्न खोजेकी हुँ ।’ नेपालमा ती पहिरन तयार पार्न डिजाइनर गौतमलाई डिना गुरुङ तथा रनितले पनि सहयोग गरेका थिए ।

World Fashain Parade Nepali Dress (5)

नेपाली पहिरनले दर्शकको मन जिते लगत्तै निकट भविष्यमा लन्डन तथा हङकङमा आयोजना हुने अन्तर्राष्ट्रिय फेसन शोमा आफूले निमन्त्रण पाएको डिजाइनर गौतम बताउँछिन । फेसन शोपछि वर्ल्ड फेसन परेडका आयोजकले पनि नेपाली पहिरनको मुक्तकण्ठले प्रसंसा गरेका थिए ।

World Fashain Parade Nepali Dress (6)
World Fashain Parade Nepali Dress (7)
World Fashain Parade Nepali Dress (9)
World Fashain Parade Nepali Dress (11)
World Fashain Parade Nepali Dress (12)
World Fashain Parade Nepali Dress (14)
World Fashain Parade Nepali Dress (15)
World Fashain Parade Nepali Dress (16)
World Fashain Parade Nepali Dress (17)
World Fashain Parade Nepali Dress (19)

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu