निर्देशक बिना नै ‘रंगीन’ घोषणा, निशाको रोमान्स दुई अभिनेतासँग



rangeen-announce

ठुलोपर्दा डटकम, काठमाण्डौ।
सुवास थापा प्रोडक्सनले आकंक्षा ईन्टरटेन्मेन्टसँगको सहकार्यमा निर्माण हुनेगरी नेपाली चलचित्र ‘रंगीन’ घोषणा भएको छ । यो चलचित्रको लागि निर्देशक बाहेक फिल्मसँग सम्बन्धित सबै मेम्बर समेत सार्वजनिक गरिएको छ ।

राजधानीमा आयोजित एक कार्यक्रमका बीच अफस्ट्रयाक लभस्टोरी बोल्ने फिल्म ‘रंगीन’ घोषणा भएको छ । उक्त फिल्ममा अभिनेत्री निशा अशिकारीले दुई अभिनेतासँग रोमान्स गर्नेछिन् । निशादसँग नवराज श्रेष्ठ र बाबु भण्डारी तय भएका छन् । बाबुले यो फिल्मबाट नै रजतपटमा डेब्यू गर्न लागेका हुन् ।

किरण माईकलको कथामा बन्ने फिल्ममा पछि अनुबन्धन हुने निर्देशकले स्कृप्ट स्विकार नगर्दै गर्दा के हुन्छ भन्ने प्रश्नमा निर्माता सुवास थापाले टिम मिल्ने गरी आपसी सहमतीमा त्यो सबै मिलाउने भन्दै निर्देशकको राय सल्लाह मनन हुनेगरी कलाकार र स्कृप्टमाथी रहेर काम गर्ने बताएका छन् ।

निर्देशकको लागी तीन महिनाको अवधी राखिएको छ । उक्त समयमा ईच्छुक जो कोहिले पनि निर्माण टिमसँग सम्पर्क गर्नसक्ने बताईएको छ ।

जेठबाट छायांकनमा जाने यो चलचित्रमा जादुगरको समेत उपमा पाएका हाँस्य कलाकार महादेव त्रिपाठी र अजय श्रेष्ठ फाईनल छन् भने संगीत ताराप्रकाश लिम्बुले भर्नेछन् ।

शिव बिकले कोरियोग्राफी गर्ने फिल्ममा लगानीमा साझेदारी विनोद कुमार सिंहले गर्दैछन् । विनोद र सुवास लामो समयदेखि अन्य व्यवसायमा एकसाथ रहँदै आएका छन् । नरेन सिंहले फिल्म खिच्नेछन् ।

भिडियो:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu