आफ्नै प्रेमकथा लेख्नुहोस्, एक लाख पाउनुहोस्



ठुलोपर्दा डटकम, काठमाण्डौ।
नयाँ बर्ष २०७४ को पहिलो दिन अर्थात आउँदो बैशाख १ गतेबाट दर्शकमाझ आउँदै गरेको फिल्म ‘लभ लभ लभ’ ले दर्शकलाई पुन: ‘पार्टिसिपेट एण्ड विन एक लाख’ अफर ल्याएको छ ।

केहि दिन पहिले मात्रै भ्यालेन्टाइन विशेष प्रतिस्पर्धा गर्दै विजेता घोषित गरेको फिल्म निर्माण टिमले पुन: नयाँ अफर सार्वजनिक गरेको हो । नयाँ कन्टेस्ट अन्तर्गत जो कोहिबाट पनि आफ्नो आफ्नो लभ स्टोरी माग गरिएको छ ।

प्रेमकथा बोल्ने फिल्मले कन्टेस्टमा सहभागी हुन चाहने जो कोहिले पनि आफ्नो जीवनमा आईपरेका प्रेमकथा, प्रेमको सुरुवातदेखि प्रेम प्राप्तीको लागी गरेका संघर्ष र त्यागसम्मको कुरा जोड्दै आफ्नै शब्दमा ‘प्रेमकथा’ माग गरेको हो ।

1-lakh-cash-love-love-love

चैत्र अन्त्यसम्म प्रेमकथा पठाउन सकिने र उत्कृष्ट छानिने एक जनालाई एक लाख प्रदान गरिने घोषणा गरिएको छ । त्यसो त निर्मात्री शर्मिला पाण्डेले उत्कृष्ट बनेको कथामा फिल्म निर्माण गर्ने समेत घोषणा गरेकी छिन् । दिपेन्द्र के खनाल निर्देशित फिल्मको पछिल्लो पटक सार्वजनिक गीत लोकप्रिय बन्दै गर्दा निर्माण टिमले प्रचारका नयाँ योजनाहरु अघि ल्याएको हो ।

‘लभ लभ लभ’मा सुरज पाण्डे र स्वस्तिमा खड्का लिड अभिनयमा छन् । निरज कंडेलले खिचेको फिल्मका प्रस्तुतकर्ता अमृत पाण्डे हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu