ठुलोपर्दा डटकम, काठमाण्डौ।
बहु प्रतिच्छित नेपाली चलचित्र ‘लुट २’को आइटम गीत ‘ठमेल बजार’ एक करोड भन्दा बढि पटक हेरिएको छ । इन्टरनेटको दुनियामा दश मिलियन (एक करोड) भ्यूज प्राप्त हुनु सामान्य कुरा रहेतापनि नेपालको जनसंख्याको आधारमा भन्ने हो भने यो आँकडा निकै सफल हो ।
नेपाली भाषाका भिडियो सामग्रीहरु बिश्वव्यापी नभएपनि संसारभर रहने नेपालीहरुको इन्टरनेट सक्रियताको आधारमा दश मिलियन पटक हेरिनु निकै उत्साहपूर्ण सफलता हो ।
अक्टुबर २१, २०१७ मा युट्युवमा अपलोड भएको उक्त गीतले मंगलबार १ करोड बढि ‘भ्युअर्स’को किर्तिमानी कायम गरेको हो । नेपालमा हालसम्म सर्वाधिक हेरिएका गीतमा ‘ठमेल बजार’ तीन नम्बरमा परेको छ । यसअघि ‘वडा नम्बर ६’ फिल्मको सुर्के थैली र ‘छक्का पञ्जा’को पुर्व पश्चिम रेल गीतले पनि करोड माथी भ्यूज पाईसकेका छन् ।
‘ठमेल बजार’ गीतमा संगीत तथा शब्द कालिप्रसाद बाँस्कोटाको छ भने स्वरमा बाँस्कोटालाई मीना निरौंलाले साथ दिएकी छिन् ।
निश्चल बस्नेत निर्देशित ‘लुट २’ स्टारकास्टले भरिपुर्ण चलचित्र हो । हालसम्मको अनुमानमा नेपाली चलचित्र इतिहासमा नै सर्वाधिक ओपनिङ् गर्न सक्ने चलचित्रको रुपमा यो चलचित्रलाई हेरिएको छ ।
माधव वाग्ले र नरेन्द्र महर्जनले निर्माण गरेको फिल्ममा दयाहाङ राई, सौगात मल्ल, ऋचा शर्मा, विपिन कार्की, कर्मा शाक्य, सुशिल पाण्डे लगायत लिड अभिनयमा छन् । यो शुक्रबार यो चलचित्र रिलिज हुँदैछ ।
हेर्नुहोस् ‘ठमेल बजार’: