नम्र हुन् की आक्रमक नम्रता ? हेर्नुहोस् पर्वका तस्वीर



parva-photos-1

ठुलोपर्दा डटकम, काठमाण्डौ।
एक पर्वको बेला घटेको घटना र त्यसपछि उत्पन्न घटनामा आधारित रहि निर्माण भएको नेपाली चलचित्र ‘पर्व’का केहि तस्वीरहरु सार्वजनिक गरिएका छन् ।

चलचित्रमा समावेश ‘काले दाई काले’ बोलको गीतले अहिले सफलता पाईरहेको बेला आएका तस्वीरमा चलचित्रकी मुख्य नायिका नम्रता श्रेष्ठ कतै आक्रमक त कतै नम्र देखिएकी छिन् । चैत्र २५ गतेबाट रिलिज हुन लागेको यो चलचित्रमा नम्रता श्रेष्ठ, कोशिश क्षेत्री, माला लिम्बु, जेबिका कार्कीको मुख्य भूमिका छ ।

parva-photos-4

यो चलचित्रलाई दिनेश राउतले निर्देशन गरेका हुन् । चलचित्रको छायांकन ४० दिनमा सकिएको निर्माणपक्षले बताएको छ । अब एक गीतको केहि अंश मात्र खिच्न बाँकी रहेको बताईएको छ ।

parva-photos-3

सुवास गिरी र निकिता पौडेलले संयुक्त रुपमा यो चलचित्र बनाएका हुन् । गोपिकृष्ण मुभिजको निर्माण र सुवास इन्टरटेन्मेन्टको सहकार्यमा यो चलचित्र निर्माण भएको हो ।

parva-photos-2

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu