एक्शनमा ‘मेरी कुशुम’



meri-kushum

ठुलोपर्दा डटकम, काठमाण्डौ।
नेपाली चलचित्र ‘मेरी कुसुम’को ट्रेलर सार्वजनिक भएको छ । काठमाण्डौमा आयोजना गरिएको पत्रकार सम्मेलनमा चलचित्रको ३ गीत समावेश अडियोका साथै एक्सनले भरिएको ट्रेलर रिलिज गरिएको हो ।

यूएइमा रहँदै आएका मोहन बोगटी र नायिका हर्षिका श्रेष्ठको मुख्य भूमिका रहेको यो चलचित्रलाइ एन.आर. घिमिरेले निर्देशन गरेका छन् । नयाँ शक्ति नेपालका नेता देवेन्द्र पौडेल, नायिका करिश्मा मानन्धर, चलचित्रका मुख्य कलाकार, निर्माता संघका अध्यक्ष आकाश अधिकारी, चलचित्र कलाकार संघका अध्यक्ष रामकेशर बोगटी, चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामा लगायतले एकसाथ अडियो विमोचन गरेका थिए ।

टंक बुढोथोकीको संगीत रहेको यो चलचित्रमा ‘म त बदलिए, मेरो भागको खुशी, सहिछाप गरि दिउँ कि’ लगायतका गीतहरु समावेश छन् ।

कार्यक्रममा बोल्दै चलचित्रका मुख्य कलाकार मोहन बोगटीले आफूलाई सानैदेखि कलाकारितामा लाग्ने चाहना भएको बताए । उनले भने-‘प्रेम, संगीत र एक्सनले भरिएको चलचित्र निर्माण गरेका छौ । दर्शकका लागि ‘मेरी कुसुम’ एउटा सम्पूर्ण प्याकेजले भरिएको चलचित्र हो ।’ उनले आफू अब निरन्तर चलचित्र क्षेत्रमा लाग्ने समेत सुनाए ।

यस्तै, नायिका हषिर्का श्रेष्ठले चलचित्रको कथावस्तु आफूलाई अत्यन्तै मन परेकाले पनि यसमा काम गरेको सुनाइन् । उनले, ‘मेरी कुसुम’ हेरेर दर्शकले एउटा प्रेम र एक्सनले भरिएको चलचित्रको स्वाद पाउने बताइन् । यो चलचित्रलाई एन.आर घिमिरेले लेखन तथा निर्देशन गरेका हुन् । चलचित्रमा दिव्य सुवेदीको छायांकन छ । चलचित्रकी निर्मात्री सुनिता शर्मा बोगटी हुन् । यस्तै, रुद्र खनाल र रविन्द कुँवर यसका सह-निर्माता हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu