जेठ २५ मा मेरी कुसुम आउने



meri-kushum-release-date

ठुलोपर्दा डटकम, काठमाण्डौ।
नेपाली चलचित्र ‘मेरी कुसुम’को प्रदर्शन मिति तय भएको छ । कलाकार मोहन बोगटीका अनुसार, आउँदो बर्षको जेठ २५ गतेबाट यो चलचित्र रिलिज हुनेछ ।

यो चलचित्रमा मोहन बोगटी र हर्षिका श्रेष्ठको मुख्य भूमिका छ । चलचित्रले प्रेम र युद्धको कथालाई उठान गरेको छ । कलाकार बोगटीले नेपाल रिलिज अगाडि चलचित्रलाई यूएई, मलेसिया, कतार, बहराइन लगायतका देशमा प्रदर्शन गर्ने बताएका छन् । एन.आर घिमिरेले चलचित्रको लेखन तथा निर्देशन गरेका हुन् ।

सुनिता शर्मा बोगटी निर्मात्री रहेको चलचित्रमा रुद्र खनाल र रविन्द कुँवर सह–निर्माताको रुपमा छन् । चलचित्रमा दिव्य सुवेदीको छायांकन, टंक वुढाथोकीको संगीत छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu