अर्जुन कुमारको ‘फाटेको जुत्ता’मा प्रियंका र सौगात



priyanka-and-saugat-fateko-jutta

ठुलोपर्दा डटकम, काठमाण्डौ।
चार बर्ष पहिले घोषणा भएको अर्जुन कुमारको चलचित्र ‘फाटेको जुत्ता’मा सौगात मल्ल र प्रियंका कार्कीले प्रमूख भूमिका निभाउने भएका छन् । निकेश खड्काले निर्देशन गर्ने यो चलचित्र बैसाख १५ बाट फ्लोरमा जाने तयारी भएको छ ।

निरज महर्जनको कथामा यो चलचित्र पुर्ण कमेडी जनरामा बन्ने बताईएको छ । सौगात र प्रियंकाको साथमा कामेश्वर चौरासिया, बुद्धी तामाङ, रविन्द्र झा, आमिर गौतम, सन्दिप क्षेत्री, रमेश रंजन झा समेत अभिनयमा रहनेछ ।

सम्पूर्ण छायांकन बिरगञ्जमा हुने यो चलचित्र अर्को बर्षको भदौमा रिलीज हुन सक्ने बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu