‘रुट नं २३’मा सौगात र नम्रता



namrata-and-saugat

ठुलोपर्दा डटकम, काठमाण्डौ।
निर्माणाधिन चलचित्र ‘रुट नं २३’ले कास्टिङ लाईनअप फाईनल गरेको छ । जानकारी प्राप्त भएअनुसार अभिनेतामा सौगात मल्ल र अभिनेत्रीमा नम्रता श्रेष्ठ फाईनल छन् । यद्यपी, सौगातसँग सम्झौता भईसकेको भएपनि नम्रता श्रेष्ठसँग भने सम्झौता पत्रमा हस्ताक्षर हुन बाँकी रहेको बुझिएको छ ।

समिर बलामीले निर्देशन गर्ने भनिएको फिल्म बैशाखबाट फ्लोरमा जाने बताईएको छ । यसअघि फागुनबाट फ्लोरमा जाने बताईएको थियो । फिल्ममा सौगात र नम्रतासँगै बुद्धि तामाङ, मेनुका प्रधान, सुधिर श्रेष्ठ लिड अभिनयमा रहनेछन् ।

फिल्मका निर्माता अष्ट्रेलियन एनआरएन विकास श्रेष्ठ र युकेका दिपेन्द्र शाक्य हुन् भने कार्यकारी निर्मातामा राजेन्द्र प्रसाद त्रिपाठी छन् ।

चलचित्र काठमाडौं, पोखरा र हिमाली भेगमा फिल्मांकन हुने बताईएको छ । निर्माण टिमले चैत्रको दोश्रो साताबाट वर्कशप सुरु गर्ने बताएको छ ।

डेढ करोड लगानी रहने भनिएको फिल्मलाई पुरुषोत्तम प्रधानले खिच्नेछन् । ‘रुट नं २३’मा अर्जुन कुमार पोखरेलको संगीत रहनेछ भने चन्द्र पन्त द्धन्द रहने बताईएको छ । चलचित्रको प्रदर्शन आगामी फुलपातीमा हुने बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu