‘धनपती’को प्याकअप



dhanapati-shooting-packup

ठुलोपर्दा डटकम, काठमाण्डौ।
गत बर्षको हिट चलचित्र ‘पशुपति प्रसाद’का अभिनेता खगेन्द्र लामिछाने अभिनित चलचित्र ‘धनपती’ छायांकन सकिएको छ । शनिबार छायांकन सम्पन्न भएको यो चलचित्रको छायांकन तराई भेगमा भएको हो ।

दिपेन्द्र खनाल निर्देशित ‘धनपती’मा सुरक्षा पन्त खगेन्द्रको अपोजिटमा छन् । टुकी आर्ट्स र दीपेन्द्र के खनाल प्रोडक्शनले संयूक्त रुपमा चलचित्र ‘धनपती’ बनाईरहेका छन् । यो चलचित्र असार २३ मा प्रदर्शन हुनेछ ।

सपना र अहंकारले एउटा मान्छेलाई कता कता ठोक्याउँछ भन्ने मूल मुद्दामा यो चलचित्र घुम्नेछ । ‘धनपति’को कथा/पटकथा/संवाद खगेन्द्र लामिछानेले लेखेका हुन् ।

रोजिना सिटौला निर्माता रहेको चलचित्र धनपतीमा सह-निर्माता रजना नापित र समीर देवकोटा छन् । साथै सहायक निर्माता ओम गुरुङ छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu