ठुलोपर्दा डटकम, काठमाण्डौ।
चलचित्र पत्रकार संघ, नेपालको सातौं महाधिवेशनबाट अध्यक्षमा सन्दिप सापकोटा विजयी भएका छन् । अध्यक्षका अर्का प्रतिद्वन्दी लक्ष्मण सुवेदीलाई २१ मतले हराउँदै सापकोटा अध्यक्षमा विजयी भएका हुन ।
विगत डेढ दशकदेखी चलचित्र पत्रकारितामा सक्रिय सापकोटा हाल ‘सिनेखबर’ अनलाइनका प्रधान सम्पादक हुन । बुधवार राजधानीमा भएको सातौं अधिवेशनबाट उपाध्यक्ष संगठनमा दिनेश सिटौला निर्बिरोध भए भने उपाध्यक्ष कार्यक्रममा श्याम अर्यालले अषेश अधिकारीलाई हराउँदै विजयी हासिल गरे ।
त्यस्तै, महिला उपाध्यक्षमा गीता अधिकारीले शारदा थापालाई हराउँदै विजयी भईन् । सचिवमा बैकुण्ठ पराजुली विजयी भए । उनको प्रतिद्वन्दीमा कुबेर गिरी थिए । त्यस्तै, महा-सचिवमा अनिल यादवले विजय सुवेदी (आवाज)लाई हराउँदै विजयी हासिल गरे ।
कोषाध्क्षमा कुवेर डंगोल निर्बिरोध, सह-कोषाध्यक्षमा जिवन पराजुली निर्बिरोध, सचिव (समावेशी) मा समिर बलामी निर्बिरोध भए ।
त्यस्तै, केन्द्रीय सदस्यमा उत्सव रसाइली, बर्षा बस्नेत, बाबु सुरेश दुलाल, कृष्ण भट्टरार्इ , विकाश लामिछाने, मनिष कार्की विजयी हुँदा केन्द्रीय समाबेशीमा बिशाल राई र महिलातर्फबाट दिपज्योति थापा निर्बिरोध भए ।
चलचित्र पत्रकार संघ, नेपालको सातौं अधिवेशनबाट केन्द्रीय सभासदमा डब्बु क्षेत्री, राजन घिमिरे, शान्तीप्रिय, सुब्रतराज आचार्य, विदुर गिरि, धनबहादुर खड्का, अशोकप्यासी राई, विष्णुप्रसाद सुवेदी र निमेश गौतम विजयी हुँदा महिला तर्फबाट स्वस्तिका पन्थी चिलवाल, जयन सुब्बा मानन्धर र रश्मि थापा (लक्ष्मी) निर्बिरोध निर्वाचित भए ।
प्रदेश सभासद पदका लागि राजेश खनाल, मनोज केसी, विजयरत्न तुलाधर, रघुनाथ सापकोटा, आर.डी. श्रंखला, अमृत पुडासैनी, मञ्जु गैरे, याम कुमारी पुरी, सन्ध्या थापा, राजेन्द्र लुइँटेल, पुष्पा थापलिया, सुरज खड्का, चिरन्जीवी सापकोटा, नवराज ढुंगेल, सुरज पौडेल र अनिल थापा निर्बिरोध भएका छन् ।