नक्कली दाँत र बङ्‍गुरको मुखौटा लगाउँदा कस्तो लाग्यो ?



saugat-malla-lappan-chappan

ठुलोपर्दा डटकम, काठमाण्डौ।
अभिनेता सौगात मल्ल फरक कथा र फरक भूमिकामा अभिनय गर्न रुचाउने कलाकार हुन् । चैत ११ गतेदेखि प्रदर्शनमा आउने ‘लप्पन छप्पन’मा सौगातले केहि फरक भूमिका निर्वाह गरेका छन् ।

उनले भूमिका फरक मात्रै होइन यो फिल्ममा सौगातले निकै दुःख पनि गरेका छन् । उनले नक्कली दाँत र बङ्गुरको मुखौटा नै लगाएका छन् । यसबारेमा मीडियासँग सौगात बोलेका छन् । ‘दुःख गर्न रमाइलो लाग्छ’ सौगात भन्छन् , ‘गाह्रो काम गर्न र पसिना निकाल्न मलाई रमाईलो लाग्छ ।’

मुखौटा लगाएर अभिनय गर्दा कस्तो भयो त ? ‘अलिअलि निसास्सिएको जस्तो हुने । गाह्रो त पक्कै भयो तरपनि मुखौटा लगाएर काम गर्दा रमाईलो भयो’, सौगातले भने । मुकुन्द भट्ट निर्देशित फिल्म ‘लप्पन छप्पन’ मा सौगातसँगै दयाहाङ राई, अर्पण थापा, बर्षा सिवाकोटी, प्रकाशजंग थापा, सिड खरेल लगायतको अभिनय रहेको छ । चलचित्रका निर्माता डम्बर चन्द हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu