हर्षिकालाई भुल्न नसक्ने को हुन् ?



harshika

ठुलोपर्दा डटकम, काठमाण्डौ।
नेपाली चलचित्र ‘मेरी कुशुम’मा समावेश ‘भुल्न तिमीलाई सकिन’ बोलको गीत रिलीज भएको छ । गीतको भिडियोमा चलचित्रका मूख्य कलाकार मोहन बोगटी र हर्षिका श्रेष्ठलाई फिचरिङ गरिएको छ ।

आफुले माया गरेको मान्छेबाट टाढा बस्नुपर्दाको पीडा यो गीतमा देखाइएको छ । गीतमा टंक बुढाथोकीले नै संगीत, स्वर तथा शब्द भरेका छन् । सुनिता शर्मा बोगटी निर्माता रहेको चलचित्रका कार्यकारी निर्माता रुद्र खनाल हुन् । रुद्राक्ष फिल्मस्को प्रस्तुतीमा तयार भएको यो चलचित्रलाई एन.आर. घिमिरेले निर्देशन गरेका हुन् ।

एक्सन र लभ स्टोरी कथामा बनेको यो चलचित्रको प्रदर्शन नेपाल अगाडि विभिन्न मुलुकमा गरिनेछ । नेपालमा जेठ २५ गतेबाट रिलिज हुने यो चलचित्रको दुबइ प्रदर्शन भने मे ५ मा हुने कलाकार मोहन बोगटीले जानकारी दिएका छन् । मे ५ मा दुबइभर चलचित्र रिलिज हुनेछ ।

चलचित्रमा दिव्यराज सुवेदीको छायांकन, कविराज गहतराजको कोरियोग्राफी, प्रितम पाण्डेको सम्पादन, सम्राट बस्नेतको एक्सन छ । यो चलचित्र जेठको अन्तिम साताबाट प्रदर्शनमा आउने छ ।

गीत हेर्नुहोस्:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu