यि हुन् ‘समर लभ’का अतित र साया



summer-love-nepali-movie-th

ठुलोपर्दा डटकम, काठमाण्डौ।
चर्चित उपन्यास ‘समर लभ’माथी चलचित्र बन्ने भएको छ । ‘नाई नभन्नु ल ३’ निर्देशक मुस्कान ढकालको निर्देशनमा युवा लेखक सुविन भट्टराई द्वारा लिखित ‘समर लभ’माथी चलचित्र घोषणा गरिएको छ ।

राजधानीमा एक कार्यक्रम आयोजना गर्दै दुई बर्ष पहिलेदेखि निर्माणको चर्चा रहेको चलचित्र घोषणा भएको हो । लेखक सुविनले मुस्कान ढकाल सहितको टिममाथी विश्वास गर्दै आफ्नो उपन्यास माथी फिल्म बनाउन अधिकार दिएको बताए । यो चलचित्रको पटकथा सामिप्यराज तिमिल्सेनाले लेखेका छन् ।

‘समर लभ’का मुख्य पात्र अतित र सायाको भुमिका निभाउँदै गरेका दुई प्रमूख कलाकार पनि सार्वजनिक गरिएको छ । अतितको भूमिकामा आशिष पिया देखिँदैछन् । उनले केहि टिभिसी र पेपर विज्ञापनमा मोडलिङ गरेका छन् । यो चलचित्र आशिषको डेब्यू हुनेछ । अधिक खोजीपछि ‘साया’को भुमिका निभाउन लायक पात्र रेवती क्षेत्री ठहरिएकी छिन् । नेपाली मुलका बुबा आमाकी छोरी रेवती आफु भने भारतिय नागरिक हुन् । २०१६ को मिस एसिया युनिभर्सिटी र मिस ईन्टरनेशनल भारतकी विजेता रेवतीले यसअघि नै ‘ग्याङ्ग अफ नर्थवेस्ट’ नामको भारतिय फिल्म गरिसकेकी छिन् भने ‘खातुन’ नामको फिल्म समेत गर्दैछिन् ।

चलचित्रमा संगीत पुष्पन प्रधानको रहनेछ । नाइटिंगेल ईन्टरटेन्मेन्टको ब्यानरमा बन्ने फिल्मका कार्यकारी निर्माता विनोद अधिकारी छन् भने लगानीमा भरत शर्मा, सपन सरकार, ईन्दु भण्डारी र मनु बिकले साझेदारी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu