चैत्र २५ मा अपरिचित आउने



aparichit

ठुलोपर्दा डटकम्, काठमाडौं ।
चलचित्र अपरिचित चैत्र २५ गतेबाट प्रदर्शनमा आउने भएका छन् । यस अघि चलचित्र पर्व आउने हल्ला चलेको थियो । चलचित्र पर्वले रिलीज डेट सारेपछि अपरिचित आउने भएको हो । जुना फिलमुको ब्यानरमा निर्माण भएको चलचित्र अपरिचितमा प्रज्वल गिरी, ध्रुव कोईराला, सारीका केसी, मोहनकृष्ण श्रेष्ठ, श्रीकृष बर्देवा लगायतको मूख्य भुमिका रहेको छ ।

चलचित्रलाई रुपेश थिङले निर्देशन गरेका हुन् । तामाङ चलचित्रलाई पृष्ठभुमि बनाएर आएका रुपेश थिङले यहि चलचित्रबाट नेपाली चलचित्रको निर्देशन यात्रा तय गरेका हुन् । यस अघि तमाङ चलचित्र पर्खाल, कर्म निर्देशन गरेका थिए ।
चलचित्रका निर्मातामा मिलन लामा र जविन्द्र सुब्बा रहेका छन् भने कार्यकारी निर्माता अमृत थिङ हुन् ।

एक्शन लभ स्टोरी जनराको फिल्म अपरिचितलाई सञ्चु थोकर लामाले खिचेका हुन् । फिल्ममा श्री श्रेष्ठको द्धन्द, सागर परियारको संगीत, प्रविण ढकालको सम्पादन र शंकर बिसीको नृत्य रहेको छ । चलचित्रको एक्शनलाई लिएर निर्माण पक्ष चाँडो भन्दा चाँडो चलचित्र प्रदर्शन गर्न हौसिएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu