विद्यालयका कर्मचारीसँग निशाको दोहोरी (भिडियो)



चलचित्र ‘कुम्भ करण’को लोक लयको गीतको भिडियो सार्वजनिक गरिएको छ । ‘कुटु कुटु’ बोलको गीतमा समिर आचार्य र सुधा रत्नको स्वर छ । गीतमा गोविन्द मधुर आचार्यको शब्द तथा संगीत छ ।

प्रदर्शन मिति तय नगरिएको यो चलचित्रको गीतमा चलचित्रका मुख्य कलाकारले दोहोरी खेलेको देखाइएको छ । भोलाराज सापकोटा, निशा अधिकारी, गौरव पहारी, अभय बराल, आकाश पल, कुलदिप अधिकारी, कमल गाउँले, प्रतिभा क्षेत्री, सद्भाव थापाको यो चलचित्रमा मुख्य भूमिका छ ।

चलचित्रलाई दीपक वलीले चलचित्रको निर्देशन गरेका हुन् । क्षितिज बस्नेत निर्माता रहेको चलचित्रको कार्यकारी निर्माता रोम ओली हुन् । आकाश पलको प्रस्तुतीमा तयार भएको यो चलचित्रले एउटा प्राथमिक विद्यालयमा काम गर्ने कर्मचारी र शिक्षिकाविचको लभ चक्करलाई रमाइलो तरिकाले देखाएको छ ।

चलचित्रमा अर्जुन जीसी र मिलन श्रेष्ठको सम्पादन, हरि लामाको छायांकन, महेश दवाडीको कथा, पटकथा तथा संवाद छ ।

गीत:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu