कलाकारको अगाडी क्यामेराले निहुँ खोज्छ, बिना मेकअप आफ्नो अगाडी आउने कलाकारलाई क्यामेराले खिच्न आनाकानी गर्छ । यसको मतलब हो, बिना मेकअपमा कलाकारहरुको दृश्य क्यामेराले कैद गर्दा उपयुक्त हुँदैन । त्यसैले पनि हरेक कलाकारले मेकअप गरेकै हुन्छन् । अझ नायिकाहरुले त सार्वजनिक स्थानमा उपस्थित रहँदा समेत आफ्नो सुन्दरताको ख्याल उत्तिनै राख्ने गर्छन् ।
यहि सन्दर्भमा आज हामीले तपाईँसामु नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहको चर्चा गर्दैछौँ । आज हामीले तपाइँलाई साम्राज्ञीले मेकअप नगर्दाका केहि तस्वीर देखाउनेछौँ अनि तपाईँले भन्नुहुनेछ के यिनि साम्राज्ञी नै हुन् त ?
यतिबेला चलचित्र ‘ए मेरो हजुर २’मा अभिनय गरेपछि साम्राज्ञीको चर्चा व्यापक छ । उनकै कारण यो फिल्म चल्नेछ भन्ने भबिष्यबाणी भईसकेका छन् । पहिलो चलचित्रमा नायक अनमोल केसीसँग अभिनय गरेकी साम्राज्ञीले दोश्रो चलचित्रमा भने नवनायक सलिनमान बानियाँसँग जोडी बाँधेकी छिन् ।
अब जाउँ साम्राज्ञीका मेकअप बिनाका तस्वीर तर्फ । उनले यि तस्वीरहरु इन्स्टाग्राममा शेयर गरेकी छिन् ।
उनले आफु घरमा परिवारसँग रहेका तस्वीर सार्वजनिक गरेकी हुन् ।