कथा लेख्नेलाई ‘लभ लभ लभ’को एक लाख पुरस्कार



२०७४ बैशाख १ मा रिलिज हुने नेपाली चलचित्र ‘लभ लभ लभ’ उत्कृष्ट प्रेमकथा लेख्नेलाई एक लाख पुरस्कार दिएको छ ।

चलचित्रको तर्फबाट एक महिना पहिले घोषणा गरिएको ‘आफ्नो प्रेमकथा पठाउनुहोस, एक लाख पुरस्कार जित्नुहोस’ कार्यक्रमको उत्कृष्टलाई पुरस्कार प्रदान गरिएको हो । ‘लभस्टोरी’ पठाएका डेढ सय बढि प्रतिस्पर्धीबाट पाटनकी एलिशा महर्जन उत्कृष्ट बनिन् ।

आइतबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच निर्मात्री शर्मिला पाण्डेले एलिशाको हातमा एक लाख नगद थमाएकी थिईन् । कार्यक्रममा निर्देशक दिपेन्द्र के खनाल, अभिनेता सुरज पाण्डे र अभिनेत्री स्वस्तिमा खड्का पनि सहभागी थिए ।

कथा छनोट गरेका निर्देशक खनालले अन्य प्रतिस्पर्धीको तुलनामा एलिशाले लेखेको कथामा ‘गुदी’ भेटेको तर्क गरे । ‘फिल्म बन्ने नै खालको कसैको पनि पाईएन्, खनालले भने, ‘एलिशा जी ले पठाएको कथाको क्लाईमेक्स म स्वयंमले लेखेको ‘लभ लभ लभ’सँग मेल खाने जस्तो पाएँ, अन्यको तुलनामा संभावना बोकेका लाईनहरु उहाँको कथामा छ ।’

उता विजयी भएको कुरालाई अहिले सम्मकै ठुलो सरप्राइज भन्दै नर्भस देखिएकी एलिशाले आफुले पाएको पुरस्कार धनराशी पढाईमा लगानी गर्ने बताईन् । गत हप्ता सम्पन्न एक सौन्दर्य प्रतियोगितामा भाग लिएर ‘वेष्ट फिगर’ तर्फ विजेता बनेकी एलिशा होटल म्यानेजमेन्ट तर्फ स्नातक तहकी विधार्थी हुन् ।

फिल्म ‘लभ लभ लभ’ को तर्फबाट यो प्रकारका आधा दर्जनजति पुरस्कार योजना सहितका कार्यक्रम सम्पन्न भईसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu