गायक हिमाल सागर प्रियांकाको प्रेममा



‘मेरो मन’, ‘आज किन’, ‘कहिले मुस्कुराउने’, ‘न मैले लेखेँ’, ‘तिमीले माया नगरे’ जस्ता गीतका गायक हिमाल सागर फेरी अर्को दमदार गीत लिएर आएका छन् ।

पप शैलीमा ‘तिम्रो चोलीको तुनामा’ बोलको गीत भिडियो सहित हिमालले हालै सार्वजनिक गरेका छन् । गीतमा शब्द, संगीत तथा स्वर हिमाल आफैले भरेका छन् ।

त्यतिमात्र होइन, यो गीतमा हिमाल सागर आँफैले अभिनय गरेका छन् । अर्जुन अधिकारीले निर्देशन गरेको भिडियोमा हिमालले नायिका प्रियांका कार्कीसँग अभिनय गरेका छन् ।

सुरेन बश्यालको कोरियोग्राफी रहेको गीतमा हरी हुमागाईँको छायांकन तथा निशान घिमिरेको सम्पादन छ ।

भिडियो हेर्नुहोस्:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu