यस्तो छ सविन र रेखाको एक्सन, सरोज खनाल बने भिलेन (भिडियो)



काठमाण्डौ। नायक सविन श्रेष्ठले बनाएको नेपाली चलचित्र ‘हिरो रिटर्न्स’को टिजर रिलिज भएको छ । नयाँ बर्षको अवसरमा टिजर रिलीज गरिएको बताईएको छ ।

चलचित्रको टिजरमा एक्सनलाई महत्व दिइएको छ । चलचित्रमा नायिका रेखा थापा, नायकद्धय सविन श्रेष्ठ र दिल श्रेष्ठको मूख्य भूमिका छ ।
चलचित्रको टिजरमा नायक सरोज खनाल खलनायक बनेका छन् ।

यो चलचित्रलाई आशिष भेटवालले यो चलचित्रको निर्देशन गरेका हुन् । भेटवालले यसअघि ‘जंग बहादुरको कोट’ नामक चलचित्र निर्देशन गरेका थिए ।

‘हिरो रिटर्न्स’मा चन्द्र गौतम, सहदेव गौतम र भिम न्यौपानेको लगानी छ भने अमित श्रेष्ठ यसका कार्यकारी निर्माता हुन् । प्रस्तुतकर्ता नायक सबिन श्रेष्ठ हुन् ।

चलचित्रमा मदनकाश्यप घिमिरेको छायांकन, मित्र गुरुङको सम्पादन, शिवम् अधिकारीको कथा, पटकथा तथा संवाद र चन्द्र पन्तको एक्सन छ । कविराज गहतराजको कोरियोग्राफी रहेको चलचित्रमा टंक बुढाथोकीले संगीत भरेका छन् ।

यो चलचित्रको प्रदर्शन मिति भने तय गरिएको छैन ।

टीजर हेर्नुहोस्:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu