‘देश खोज्दै जाँदा’को गीतमा भूटानी शरणार्थीको माटो प्रेम (भिडियो)



काठमाडौं। भुटानी शरणार्थीको कथामा बनेको फिल्म ‘देश खोज्दै जाँदा’को गीत सार्वजनिक भएको छ । नयाँ वर्ष २०७४ को अवसर पारेर शनिवार फिल्म युनिटले युट्युबमार्फत ‘छातीमा लागेको माटो त’बोलको गीत सार्वजनिक गरेको हो ।

गीतमा श्रवण मुकारुङको शब्द र आभाषको संगीत रहेको छ । स्वरुपराज आचार्यले गीतमा स्वर दिएका छन् । गीतको भिडियोमा आफ्नो देश र पहिचानका लागि संघर्ष गरिरहेका शरणार्थीहरुको पिडादायी जीवन व्यक्त देखाउन खोजिएको छ ।

भिडियोमा कलाकारहरु हेमन्त बुढाथोकी, बाबु बोगटी लगायतलाई देख्न सकिन्छ ।

यो फिल्मको कथा र निर्देशन साहित्यकार समेत रहेका प्रकाश आङदेम्बेले गरेका हुन् । कवि उपेन्द्र सुब्बाले पटकथा तयार पारेका हुन् । सामतेन भुटियाले प्रकाशलाई निर्देशनमा सहयोग गरेका छन् ।

हेर्नुस् भिडियो:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu