अब भुवनको ‘ब्ल्याक डायरी’ खुल्ने



पछिल्लो पुस्तामा बढ्दो बाइकर्स युवाहरुको कथामा आधारित रहेर निर्माण गरिएको दाबी गरिएको फिल्म ब्ल्याक डायरी यहि बैशाख २२ गतेबाट देशभर प्रदर्शनमा आउने भएको छ ।

क्याटभिजन प्रोडक्सन् प्रा.लि.को व्यानरमा निर्माण भएको यो फिल्मले पछिल्लो समय बनेका भन्दा फरक खाले विषय बोकेको निर्माण टिमको दाबी छ ।

यस फिल्मलाई सस्पेन्स र थ्रिलर जनरामा राखिएको छ ।

सञ्चारकर्मी सविन शाक्यको प्रस्तुती रहेको फिल्ममा भुवन केसी, रमेश सिंह, पुजा भट्ट, वविता घिमिरे, पवन कार्की, अभय कुवँर, रोमा भण्डारी, अञ्जु महर्जन लगायतको अभिनय छ । सुजन घिमिरेले फिल्मलाई निर्देशन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu