विश्व रेकर्ड राख्ने ‘जालो’को टीजर रिलीज (भिडियो)



काठमाण्डौ। जेठ १९ मा रिलीज हुने नेपाली चलचित्र ‘जालो’को टीजर रिलीज भएको छ । वन सटमा खिचिने विश्वकै लामो चलचित्रको रुपमा बिश्व रेकर्ड राख्ने उद्देश्यका साथ बनेको ‘जालो’ दुई घण्टामा छायांकन भएको थियो ।

दुई घण्टामा वन सटमा खिचिएको भएपनि यो चलचित्रमा गीत तथा द्वन्द्व समेत छन् ।

अराज केशव निर्देशित ‘जालो’मा अनुपविक्रम शाही, मेनुका प्रधान, मुना गौचन, प्रकाश श्रेष्ठ, नीर शाह, रेमन दाश श्रेष्ठ, निराजन प्रधान, मुक्ताराम आचार्य, भिष्म जोशीको मुख्य भूमिका रहेको छ ।

हरी लामाको छायांकन रहने चलचित्रलाई बनिश शाहले सम्पादन गरेका छन् । चलचित्रलाई अराज केशव र मोहित मुनालले संयुक्त निर्माण गरेका छन् ।

चलचित्रले विश्व रेकर्ड राख्नको लागि भने चलचित्र प्रिमियर हुनुपर्ने प्रावधान छ । चलचित्र रिलीज अगावै प्रिमियर गरी विश्व रेकर्ड राखिने बताईएको छ ।

टीजर हेर्नुहोस्:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu