काठमाण्डौ। ‘यो यस्तो परिणाम हो जब सार्वभौम र स्वतन्त्र राज्यको सरकारले यसको स्थान समान रुपमा देखाउन सक्दैन । तर कृपा पात्रको रुपमा व्यवहार गर्छ । हाम्रो सरकार र नेतृत्वले अन्र्तराष्ट्रिय जगतमा छवि कलंकीत मात्र पारेनन्, स्वतन्त्र र सार्वभौम राज्यको नागरिकको गर्व पनि ध्वस्त पारे । सरकारलाई लाज हुने पर्ने ।’
यो कथन महानायक राजेश हमालको हो । राष्ट्रपति विद्यादेवी भण्डारीलाई भारतकी महिला तथा बालिबालिका राज्यमन्त्री कृष्णा राजले विमानस्थलमा स्वागत गरेपछि राजेश हमालले आफ्नो फेसबुकमा यस्तो प्रतिक्रिया जनाएका हुन् ।
नेपालीहरुले यसको चर्को आलोचना गरिरहेका बेला हमालले पनि यस बिषयमा गहिरोचासो दिएको बुझ्न सकिन्छ ।
राष्ट्रपति भण्डारीलाई राज्यमन्त्रीले स्वाग्त गर्दा राष्ट्रपतिको सम्मान नभएको भन्दै सामाजिक सञ्जालहरुमा नेपालीहरुले आफ्ना आफ्ना प्रतिक्रिया जनाईरहेका छन् ।
(हमालको कथन अंग्रेजी भाषाबाट नेपालीमा उल्था गरिएको हो।)