चलचित्र ‘नेप्टे’ घोषणा, को हो नेप्टे ?



काठमाण्डौ। दयाहाङ् राई र छुल्ठिम गुरुङ्को प्रमूख अभिनय रहने गरी नेपाली चलचित्र ‘नेप्टे’को घोषणा गरिएको छ ।

मंगलबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै देव कुमार श्रेष्ठको निर्देशन रहने चलचित्रको घोषणा गरिएको हो । कलाकार रोहित रुम्बाले ‘नेप्टे’ निर्माण गर्न लागेका हुन् ।

चलचित्रमा रोहितको पनि महत्वपूर्ण भूमिका रहनेछ । ‘नेप्टे’मा सामाजिक कथा वस्तुलाई रोचक ढंगले उठाइने बताईएको छ । ‘नोभेम्वर रेन’की डल्ली तथा ‘डायरी’ की निर्मात्री छुल्ठिमले दयाहाङसँग काम गर्ने रहर पुरा भएको बताईन् ।

‘नेप्टे’को छायांकन जेठको पहिलो हप्तादेखी शुरु हुनेछ । दया, छुल्ठिम र रोहितसँगै बुद्धि तामाङ, अरुणा कार्की, ए गुरुङ लगायतका कलाकारहरुले चलचित्रमा अभिनय गर्नेछन् ।

किरण माइकलको पटकथा एंव संवाद रहेको चलचित्रमा रोहित आँफैले कथा लेखेका छन् । हरी घले लामाको छायांकन, बाबु बोगटी, सन्तोष राज, ओम सुनार र रोहितको संगीत रहनेछ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu